पोखरामा गाँजासहित दुई युवक पक्राउ

पोखरामा गाँजासहित दुई युवक पक्राउ

gajayuwak

कास्की प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-३० स्थित पावरहाउसमा सवारीसाधन चेक जाँच गर्ने क्रममा २४ सय १० ग्राम अवैध गाँजासहित इलाम रोङ -६ स्थायी घर भई पोखरा १६ लामाचौर बस्ने २३ वर्षीय निरोज प्रधान र पाल्पा माछागढी गाउँपालिका -१ घर भई पोखरा -८ नागढुंगा बस्ने २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक किलो १५२ ग्राम गाँजासहित प्रधान शुक्रबार पक्राउ परेका हुन् । त्यसै गरी मगर एक किलो २५८ ग्राम गाँजासहित शनिबार पक्राउ परेका हुन् ।

लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट प्रधानलाई आठ दिन तथा मगरलाई बाह्र दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds