मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण साथी छुटे, दुःख लागेको छः प्रधानमन्त्री देउवा

मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण साथी छुटे, दुःख लागेको छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको बताएका छन् ।

आज बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा देउवाले यस्तो बताएका हुन् ।

केही राम्रा व्यक्तिलाई सरकारमा समेट्न नसेकेकामा दुःख लागेको देउवाको भनाइ छ । ‘सरकारमा आउनै पर्ने व्यक्ति पनि गठबन्धनका कारण आउन पाउनुभएको छैन, मलाई राम्रोसँग थाहा छ’ प्रधानमन्त्री देउवाले भने ।

अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत उनले आश्वासन दिएका छन् ।

देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनपछि बल्ल हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । त्यसमाथि प्रधानन्यायाधीशका आफन्तलाई समेत मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ