धनुषामा एकै परिवारका ३ जनाको शव फेला

धनुषामा एकै परिवारका ३ जनाको शव फेला

balak hatyaa

धनुषा । धनुषामा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।

शुक्रबार साँझ नगराइन नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका छोराहरू ५ बर्षीय अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार गुडियाले दुबै छोरा हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

मृतक गुडियाको श्रीमान गुरुदेव साह दैनिक ज्याला मजदुरीमा काम गर्न जनकपुर गएका थिए । सासु ससुरा खेत बारीमा काम गर्न गएका थिए । घरमा कोही नभएको बेला चर्को स्वरमा डिजे साउण्ड बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरीको अशंका छ ।

मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ