पछिल्लो २४ घण्टामा देशभरका ७६० जनामा कोरोना पुष्टि, ८९९ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा देशभरका ७६० जनामा कोरोना पुष्टि, ८९९ जना कोरोनामुक्त

Corona update 3

पछिल्लो २४ घण्टामा देशभरका ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार ६ हजार १६८ पिसिआर र ५ हजार ८६३ जनाको एन्टिजेन गरी कूल १२ हजार ३१ परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पछिल्लो २४ घण्टामा देशभरबाट ८९९ जना कोरोनामुक्त भएका छन् भने, सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन्। हाल देशमा सक्रिय संक्रमितको संख्या १५ हजार ३४० पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ