उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

Gajendra Hamal

काठमाडौँ । उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले दिएको राजीनामा स्वीकृत भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ ।

हमालले आइतबार बिहान बालुवाटार पुगेर देउवालाई राजीनामापत्र बुझाएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds