राम बहादुर रोकाहा, स्याङ्जा । वालिङ नगरपालिका वडा नं. १० स्थित मोदीखोलामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ग १ ज ४९१८ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
दुर्घटनामा परी गल्याङ नगरपालिका १० बस्ने ७७ वर्षीय दल बहादुर पल्ली र ३२ वर्षीय गङ्गा पल्लीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज आइतबार साँझ ६ः५० बजेको समयमा वालिङ स्थित मोदीखोलाको भित्री सडकखण्डमा लाखुडाँडा जाने क्रममा उकालोमा अचानक ब्रेक फेल हुँदा अनियन्त्रित भई जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
जीपमा सवार १९ जना यात्रु मध्ये १७ जना घाइते भएका हुन् । तीन जनाको अवस्था गम्भीर र १३ जनाको मध्यम रहेको छ । जीप चालकलाई सामान्य चोट लागेको छ । चालक गल्याङ नगरपालिका–१० बस्ने ३१ वर्षीय रुद्र बहादुर थापा हुन् ।
गम्भीर घाइते हुनेहरुमा गल्याङ नगरपालिका –१० बस्ने २६ महिनाका बालक अर्चल बि.क., ४ वर्षीया बालिका करिश्मा थापा र ५५ वर्षीय लिला कुमारी पल्ली रहेको प्रहरीले बताएको छ ।
प्राथमिक उपचार केन्द्रमा रहेका अन्य घाइतेहरुमा गल्याङ नगरपालिका–१० बस्ने ५५ वर्षीय राम बहादुर पल्ली, ३ वर्षीय किरण पल्ली, २४ वर्षीया तिर्सना बि.क., २२ वर्षीय विष्णु थापा, २७ वर्षीय अर्जुन थापा , ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रिता गाहा, २ वर्षीय एन्जल गाहा, २२ वर्षीया पुष्पा पल्ली, ४५ वर्षीया भिम कुमारी पल्ली, ३ वर्षीया एमना पल्ली, २४ वर्षीया सपना थापा र २ वर्षीय नवीन थापा रहेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि करिश्मा थापा, अर्चल बि.क., विष्णु थापा, अर्जुन थापा, लिला कुमारी पल्ली र पुष्पा पल्लीलाई थप उपचारका लागि मणिपाल अस्पताल, पोखरा रिफर गरिएको छ ।
जीप चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धी थप अनुसन्धान कार्य अगाडि बढाइएको डिएसपी अधिकारीले बताए ।

सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’