पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबार कार्यालय आएका छन् । साउन १ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं गएका जिसी शनिबार पोखरा आएका थिए ।
सोमबार कार्यालय पुगेर प्रमुख जिसीले नेपालीहरुको महान पर्व दसैं लगायत अन्य चाडपर्वहरुको अवसरमा नगरवासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका छन् । उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गरेका छन् । चाडपर्वहरु अर्को वर्ष पनि आउँछन्,’ जिसीले भने,‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’
उनले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन् । जिसीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा आभार व्यक्त गरे। उपचारमा सम्लग्न चिकित्सक लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिएका छन् ।
महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुख तथा कर्मचारीहरुले पुष्ष्पगुच्छासहित स्वागत गरेका थिए ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?