पोखरा । पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीप चालक बाहेक सबै २५ वर्ष मुनीका युवायुवती छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरु दशैंका बेला काठमाण्डौबाट पदयात्राका लागि पोखरा आएका समूह हुन् । त्यसमध्ये दुई जना एकाघरका दिदीबहिनी हुन् । अर्को परिवारमा दिदी घाइते छिन् भने भाइको घटनास्थलमै ज्यान गयो ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षिय खुसीमान क्षेत्री छन् । यस्तै, यात्रुहरु काठमाडौं ३ गोंगबुका १८ वर्षिय जिनलव घिसिङ, २४ वर्षकी सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, बर्ष २० का सुमन चौधरी, बर्ष २२ को अछुतम काफ्ले, बर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने बर्ष २७ को विनय क्षेत्री छन् ।
काठमाण्डौ ३ गोंगबु बस्ने वर्ष २० की देबिका घिसिङ घाइते भएकी हुन्। सुजा र लिजा दिदीबहिनी हुन् । देविका र जिनलव दिदी भाइ हुन् ।

पोखरा हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना सवार थिए ।
अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल हुँदु भन्ने स्थानमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । कलभीरमा निकै अप्ठेरो बाटो छ ।
घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याइरहेको छ ।



तस्वीरः अमृत गुरुङ फेसबुक
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह