गोरखाको गण्डकी गाउँपालिकामा जीप दुर्घटना, १४ जना घाइते

गोरखाको गण्डकी गाउँपालिकामा जीप दुर्घटना, १४ जना घाइते

accident

मंगलबार दिउँसो गोरखामा जिप दुर्घटनामा परी १४ यात्रु घाइते भएका छन्।

जिल्लाको गण्डकी गाउँपालिका–८ मलेओडारमा मंगलवार बलेरो जीप दुर्घटना हुँदा चालकसहित १४ यात्रु घाइते भएका हुन् ।

बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ ।

सात जनालाई थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको र घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ