कास्कीका ३८ बिपन्न परिवारलाई दशै खर्च

कास्कीका ३८ बिपन्न परिवारलाई दशै खर्च

rahat-2

पोखरा । जापानका बिभिन्न ठाउँमा कार्यरत नेपाली युवाहरुले संकलन गरेको रकमबाट आज एक कार्यक्रमका बिच बिपन्न परिवारको लागि सहयोग सामाग्री वितरण गरिएको छ ।

‘कास्की सामाजिक अभियान जापान’ मार्फत संकलित रकमबाट ३ दर्जन बढी बिपन्न परिवारका लागि सामाग्री वितरण गरिएको हो । दशै मनाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका परिवारका लागि खसीको मासु सहित चामल, दाल, तेल, नुन लगायतका सामाग्री वितरण गरिएको छ ।

पोखरा महानगरपालिकाका २४ देखी ३३ सम्मका वडाका ३८ बिपन्न परिवारलाई गण्डकी टेलिभिजनका संचारकर्मी अपिल त्रिपाठी मार्फत सामाग्री हस्तान्तरण गरिएको थियो । प्रत्येक वडाका वडाध्यक्षसँग परामर्श तथा समन्वय गरी बिपन्न परिवार छनौट गरी राहत सामाग्री वितरण गरिएको त्रिपाठीले जानकारी दिए ।

‘कास्की सामाजिक अभियान जापान’ले यस अघि कोरोना महामारीको समयमा अक्सिजन सिलिण्डरको व्यवथापनको लागि रकम संकलन गरेको थियो । तर, त्यतिबेला अक्सिजनको समस्या नरहेको भन्ने जानकारी  बिभिन्न अस्पतालहरुबाट आएपछि सो रकम खर्च भएको थिएन । सोही संकलित रकमबाट आज सहयोग सामाग्री हस्तान्तरण गरिएको त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ