साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न आज नेपालले बंगलादेशको सामना गर्दैछ।
माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न आज नेपालले बंगलादेशविरुद्ध कम्तिमा बराबरी खेल्नु पर्ने छ। बंगलादेशलाई बराबरीमा मात्रै रोक्न सकेपनि नेपालले पहिलो पटक फाइनलको यात्रा तय गर्नेछ। अन्यथा बंगलादेशले जित्यो भनेचाहिँ नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ।
नेपालले पहिलो खेलमै घरेलु टोली माल्दिभ्सलाई १–० ले हराएको थियो । दोस्रोमा श्रीलंकालाई ३–२ ले हरायो । नेपालले आफ्नो खेलमा सतप्रतिशत नतिजा निकाल्नुका साथै अन्य टोलीको नतिजा पनि नेपालकै पक्षमा आएको थियो । तर, चीर प्रतिद्वन्द्वी भारतसँग रक्षात्मक रणनीति अपनाएर खेल्दा नेपालले भारतलाई १–० को नतिजा सुम्पियो । खेल सकिन सात मिनेट बाँकी हुँदा नेपाली मुलका सुनिल क्षेत्रीले गरेको गोल भारतको जितमा निर्णायक गरेका थिए।
नेपालले बंगलादेशसँग बराबरी खेले नेपालको सात अंक हुन्छ र फाइनलमा स्थान बनाउँनेछ । नेपाल बंगलादेशसँग हारेमा बंगलादेशले फाइनलमा स्थान बनाउँनेछ । भारत र माल्दिभ्स बराबरी खेलेमा माल्दिभ्सले फाइनलमा स्थान बनाउँछ । अथवा जसले जित्छ उसैले फाइनलमा स्थान बनाउँनेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’