पछिल्लो २४ घण्टामा देशभरका ३९१ जनामा संक्रमण पुष्टि, ६८० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभरका ३९१ जनामा संक्रमण पुष्टि, ६८० संक्रमणमुक्त

Corona update 1

२४ घण्टामा देशभरका ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार ६ हजार ९६६ पिसिआर र १ हजार १११ जनाको एन्टिजेन गरी कूल ८ हजार ७७ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पछिल्लो २४ घण्टामा देशभरबाट ६८० जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा छ जनाले ज्यान गुमाएका छन्। हाल देशमा सक्रिय संक्रमितको संख्या १२ हजार २७९ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ