ढुङ्गा सहितको पहिरो खस्दा भालुपहाडमा सडक अवरुद्ध

ढुङ्गा सहितको पहिरो खस्दा भालुपहाडमा सडक अवरुद्ध

bhalu-pahad-1

राम बहादुर रोकाहा, (स्याङ्जा) स्याङ्जाको भालुपहाड स्थित सडकखण्डमा ढुङ्गा सहितको पहिरोले सडक अवरुद्ध भएको छ । केही दिन यताको अविरल वर्षाका कारण पहिरो झरेको प्रहरीले बताएको छ ।

आज बिहान करिब साढे तीन बजेतिर झरेको पहिरोले स्याङ्जाको फेदिखोला गाउँपालिका-२ भालुपहाड स्थितको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

 गाउँपालिका र सडक विभागको सहकार्यमा उक्त पहिरो हटाई राजमार्ग सुचारू गर्ने कार्य जारी रहेको र सुचारु हुन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds