गोरखाको आरुघाट गाउँपालिका १, मान्बु स्थित डुन्डुरेखोलामा बुधबार राति मिनि ट्रक दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । घटनामा परी एक बालिका घाइते भएकी छन् ।
बा ५ ख १२३१ नम्बरको स्वोराज मिनी ट्रकका चालक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७, पिठेका ३२ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यू भएको हाे । ट्रकमा सवार सवारी धनी आरुघाट गाउँपालिका १ का ३५ वर्षिय राजकुमार गुरुङकी छोरी ३ वर्षीया दिब्या गुरुङ घाईते भएकी छन् । उनलाई विहीबार बिहानै एम्बुलेन्सबाट काठमाण्डाै लगिएकाे छ ।
श्रेष्ठले चलाएकाे मिनिट्रक राति १० बजेतिरकाे समयमा कच्ची सडकबाट करिब एक सय ५० मिटर भीरबाट खसेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सन्तबहादुर लामाले बताए ।
ट्रक बालुवा बोकेर आर्खेतबाट धुन्चेत जाँदै गरेको आर्खेतबाट मनाेज धमलाले जानकारी दिए । निरन्तरकाे वर्षातले बाटो बिग्रिएको र रातीको समयमा जोखिम मोलेर यात्रा गरेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानियका अनुसार उकालाे बाटाेमा पहिराे खसेकाे थियाे । पहिराे छल्दै ट्रक अघि बढ्दा भीरतिरबाट बाटाे भासिएकाे हाे । कमेरे माटाे बग्दा लाेड गाडी सिधै तल खसेकाे थियाे । बाटाे सफा गर्दै ट्रक अघि बढाउन सवारीधनी राजकुमार ट्रकबाट झरेका कारण उनी दुर्घटनाबाट बचे । ट्रकमा रहेका चालक श्रेष्ठ र नाबालिका छाेरी ट्रकसँगै खसेका थिए । बालिका र चालक ट्रकबाट उछिट्टिएका थिए ।
घटनास्थल पुगेका सुब्बा दाहालका अनुसार चालकले बालिकालाई पनि बचाउन सँगै लिएर ढाेकाबाट हामफाल्ने प्रयास गरेकाे हुनसक्ने अनुमान गरे । दुवै जना बीचमै अड्केका थिए । चालककाे टाउकाे र अनुहारमा गम्भीर चाेट लागेकाे छ । घाईते बालिकाकाे पनि टाउकाेमा चाेट लागेकाे छ भने अवस्था गम्भीर छ ।
उनलाई आरूघाट स्थित आरूचनाैटे प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि काठमाण्डाै लगिएकाे हाे । चालक श्रेष्ठको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा राखिएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु