भालुपहाडमा पहिरोका कारण अवरुद्ध भएको सडक दुईतर्फी संचालन

भालुपहाडमा पहिरोका कारण अवरुद्ध भएको सडक दुईतर्फी संचालन

bhalu-pahad

 स्याङ्गजा।  अवरुद्ध सिद्दार्थ राजमार्ग सुचारु भएको छ।

स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं -२ स्थित भालुपहाडमा बिहान करिब साढे तीन बजेतिर ढुङ्गा सहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।

प्रहरीका अनुसार बिहानदेखि नै पहिरो पन्छाउने काम भएकाले १० बजे तीर नै सडक दुईतर्फी सुचारु भएको हो।

तीन वटै सुरक्षा निकायको पहलमा प्रमुख जिल्ला अधिकारी र गाउँपालिका साथै सडक विभागसँगको सहकार्यमा सडकको पहिरो पूर्ण रूपमा हटाएर दुई तर्फी सञ्चालन गरिएको जिल्लाका प्रहरी प्रमुख (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds