काठमाडौँ । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि मंसिर १० देखि १२ गतेसम्म बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
महाधिवेशन आयोजना र व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । जसमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित सातै प्रदेशबाट एक-एक जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट समेत एक जना प्रतिनिधि रहेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
यस्तै बैठकले दशैं लगत्तै परेको पानीका कारण आएको बाढी, पहिरो र डुवानबाट मृत्यु भएका र प्रभावितहरूप्रति दुःख व्यक्त गरेको छ ।
त्यस्तै, धान बालीमा भएको क्षतिबाट किसानमा पर्न गएको पीडामा मल्हम लगाउन तत्काल राहतका प्याकेजहरू ल्याउन पनि सरकारसँग आग्रह गरेको छ । साथै क्षति भएका भौतिक संरचनाको तत्काल पुनर्निमाण गर्न पनि माग गरेको छ ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो