नेकपा एमालेले कास्कीका ५ पालिकामध्ये ३ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ्रेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन ।
मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजंग गुरुङ, सचिवमा सुवास सापकोटा, उपसचिवद्वयमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भएका छन् ।

अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ, सचिव मदनप्रसाद पौडेल, उपसचिवमा दानबहादुर केसी र विराज सुवेदीलाई चयन गरिएको छ ।
यस्तै, रुपा गाउँपालिका कमिटी अध्यक्षमा पुन: सवाबक्स मियाँ निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा निलकण्ठ रेग्मी, सचिवमा टेक बहादुर गुरुङ्ग, उपसचिवमा सोम सुनारी र बल बहादुर श्रेष्ठ चयन भए ।

माछापुच्छ्रे गाउँपालिकाको अधिवेशन भने स्थगन गरिएको छ । उद्घाटन समारोहपछि नेतृत्व चयन प्रक्रिया सुरु भएकाेमा आकांक्षीबीचमा सहमति नजुटेपछि उम्मेदवारको सहमतिमा अधिवेशन स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । अध्यक्षका आकांक्षीबीच छलफल गरेर उनीहरुबीचको सहमतिअनुसार निर्वाचन प्रक्रिया सुरु हुनेछ । अध्यक्षका लागि विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, पोखरा महानगरपालिकामा आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । पोखराको नेतृत्व लिनका लागि दीपक पौडेल, तेजनारायण अधिकारी, दिलीप न्यौपाने, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठी आकांक्षी छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो