काठमाडौँ । आउँदो मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ ।
विद्युत नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको जनाएको छ ।
निर्धारण गरिएको महसुल दर आउँदो मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ ।
विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरुलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने निर्णय गरिएको आयोगले जनाएको छ ।
मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिव २२ लाख ग्राहकहरुले लाभ लिने आयोगले जानकारी दिएको छ । आयोगले मासिक ४ सय युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरुको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ ।
आयोगले आन्तरिक रुपमा विद्युत खपत वृद्धि गराउन सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ युनिट भन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महशुल दर साबिकको भन्दा कम गरेको जनाएको छ ।
यस्तै सिँचाइका ग्राहकको महशुल दर पनि घटाएको छ । यसपटक सिँचाइका ग्राहकको महशुल औसतमा ४० प्रतिशतसम्म घटाइएको जनाइएको छ ।
हेर्नुहोस् नयाँ महसुल दर
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”86056″ /]
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख