काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रबार बेलायत जाने भएका छन् ।
संयुक्त अधिराज्यको ग्लास्गोमा कात्तिक १५ र १६ (नोभेम्बर १–२) गते हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन देउवा नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बेलायत जाने भएको हो ।
भ्रमणका क्रममा देउवा अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा त्यहाँ रहँदा बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अक्टोबर ३१ मा प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।
उनले भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्ने छ ।
प्रधानमन्त्री देउवा असोज १५ गते सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यही दिन उनले वल्र्ड लिडर्स समिटलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसपछि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुका साथै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग द्वीपक्षीय भेट गर्नेछन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका उच्च अधिकारीहरु रहनेछन् । देउवा १८ गते स्वेदश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष