बेनी–जोमसोम सडक आजदेखि दैनिक १० घण्टा बन्द हुने

बेनी–जोमसोम सडक आजदेखि दैनिक १० घण्टा बन्द हुने

beni road

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक खण्ड स्तरोन्नति गर्न आजदेखि दैनिक १० घण्टा बन्द गरिने भएको छ ।

नियमित सडक सञ्चालन गर्दा काम नर्ग समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म विहान र दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाको काभ्रेभीरमा मर्मतको काम र सवारीसाधन एक साथ चलाउँदा जोखिम हुने भएपछि आवागमन बन्द गर्नुपरेको प्रहरीले जनाएको छ ।

बिहान ७ देखि ११ बजेसम्म र दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिने छ । यस्तै, बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म भने बाटो खुल्ला रहने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ