काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) बेलायत प्रस्थान गरेका छन् ।
केही बेरअघि कतार एअरवेजको उडानबाट प्रधानमन्त्री देउवा बेलायततर्फ प्रस्थान गरेका हुन् ।
संयुक्त अधिराज्यको ग्लास्गोमा कात्तिक १५ र १६ (नोभेम्बर १–२) गते हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन देउवा नेतृत्वको प्रतिनिधिमण्डल आज बेलायत गएका हुन् ।
प्रधानमन्त्रीको भ्रमण दलमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव तथा विभिन्न मन्त्रालयका आधा दर्जन सचिवहरुसहित २० जना रहेका छन् ।
टोलीमा वन तथा वातावरण मन्त्री यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् ।
प्रधानमन्त्री देउवा असोज १५ गते सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यही दिन उनले वल्र्ड लिडर्स समिटलाई सम्बोधन गर्ने जनाइएको छ ।
त्यसपछि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुका साथै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग द्वीपक्षीय भेट गर्नेछन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका उच्च अधिकारीहरु रहनेछन् । देउवा १८ गते स्वेदश फर्किने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष