काठमाडौँ । जापानको सत्तारुढ पार्टीले आम चुनावमा एकल बहुमत प्राप्त गरेको छ ।
सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले तल्लो सदनमा बहुमतका लागि चाहिने २ सय ३३ भन्दा बढी सिटमा जित हासिल गरेको हो ।
महिना दिनअघि मात्रै सत्तामा आएका प्रधानमन्त्री फुमिओ किशिदाका लागि चुनावी नतिजा ठूलो जितका रुपमा लिइएको छ ।
यसको अर्थ कोमिइतो पार्टीसँग गठबन्धन नगरि एलडीपीले सत्ता चलाउन पाउने भएको बीबीसीले जनाएको छ ।
६४ वर्षका किशिदा यो अक्टोबरको सुरुमा सत्तारुढ पार्टी एलडीपीको नेता बनेका थिए। एलडीपीले दशकौँदेखि जापानमा सत्ता सञ्चालन गर्दै आएको छ । तर कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरेको प्रयासलाई लिएर आलोचना भएको थियो।
लामो समयदेखि प्रधानमन्त्रीको होडमा रहेका किशिदाले सन् २०१२ देखि २०१७ सम्म जापानको विदेशमन्त्रीको रुपमा काम गरेका थिए।
तल्लो सदनका ४६५ मध्ये २७६ सिटमा कायम रहेको एलडीपी बहुमतको अपेक्षासहित आइतबारको चुनावमा गएको थियो। मतपरिणाम आउँदा एलडीपीले २६१ सिटमा जीत हासिल गरेको हो। कोमिइतो पार्टीले ३२ सिटमा जीत हासिल गरेको छ। यसको अर्थ गठबन्धनसँग २९३ सिट भएको छ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु