तनहुँ। कौडा खेलिरहेका २९ जनालाई तनहुँ प्रहरीले ठूलो धनराशी सहित पक्राउ गरेको छ।
मंगलबार राति जिल्लाको शुक्लागण्डकी नगरपालिका -८ ढोरफेदी लालिम स्थित बिल बहादुर गुरुङको घरमा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगदसहित पक्राउ गरेको हो।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार प्रहरीले उनीहरुको साथबाट नगद ९ लाख ११ हजार चार सय पाँच रुपैयाँ वरामद गरेको छ। पक्राउ परेका उनीहरुमाथि अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ।