पोखरा । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । बुधबार सम्पन्न प्रेस सेन्टरको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको होे । दवाडी पत्रकार महासंघ कास्कीका कोषाध्यक्षसमेत हुन् ।
समितिको उपाध्यक्षमा दिनानाथ बराल र शोभा बराल (महिला), सचिवमा पुष्पराज दाहाल, सह–सचिवमा, सुरेशराज अधिकारी, सविना राना थापामगर (जनजाति),कोषाध्यक्षमा शुशिला क्षेत्री राई निर्वाचित भएका छन् ।
सदस्यमा लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री (सिलाश केसी), विवेक भण्डारी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी र बाबुराम सुवेदी निर्वाचित भएका हुन् ।

प्रेस सेन्टरले स्थानिय तहमा पनि संयोजक तोकेको छ । अध्यक्षमा आकांक्षी देखिएका शिवराज बस्ताकोटी (शिव दाइ) पोखरा महानगरको संयोजक बनाइएको छ । अन्नपूर्ण गाउँपालिकामा श्रीभद्र पौडेल, रुपा गाउँपालिका संयोजकमा सुरेशराज अधिकारी चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, विश्वप्रकाश लामिछाने, विश्व सुवेदी, सन्देश श्रेष्ठ, निर्मला न्यौपाने, कृष्णमायाँ पोखरेल, रोशनी गुरुङ र दीपक परियार चयन भएका छन् ।
यसैगरी प्रदेश प्रतिनिधिमा घनश्याम पाण्डे, विमल आचार्य, सविन जिसी, श्रीभद्र पौडेल, सुनिल पाण्डे, कमल गौली, कुमारी बुढा, राजेन्द्र खत्री, सन्तोष परियार, विनु थापामगर, लक्ष्मण भण्डारी, सपना विक र लक्ष्मी सुनार चयन भएका छन् ।
यसअघि, अधिवेशनको उद्घाटन शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो