बागलुङ समाज पोखराले बुधबार आयोजना गरेको खुला रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ । कोभिड १९ संक्रमणका कारण रक्तदान हुने कार्यतालिका प्रभावित हुँदा रगत अभाव भएकाले समाजले रक्तदान गरेको हो ।
समाज आयोजना गरेको रक्तदान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुआत गरे । बागलुङकै बासिन्दा पौडेलले सामाजिक तहबाट यस खालका कार्यक्रम हुनु प्रशंसनीय भएको उल्लेख गरे । उनले समाजवादको यात्रासम्म पुग्न समाज र व्यक्तिहरु सचेत, जिम्मेवार र उत्तरदायी हुनुपर्ने उल्लेख गरे ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले रक्तदान, विपद्मा परेका जिल्लावासीलाई सहयोग जस्ता कार्यक्रम गरी बागलुङ समाज पोखरामा बस्ने बागलुङेको साथी बनेको उल्लेख गरे ।
समाजका अध्यक्ष सुनील पाण्डेले रगत विकल्प रगतमात्रै हुने भएकाले रक्तदान आयोजना गरिएको बताए । पोखरामा रहेका सबै बागलुङेको सुखदुःखको साथी बन्दै संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी विभिन्न कार्यक्रम गर्दै आएको उनले उल्लेख गरे ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन