पोखरा । देशभरको मौसम आज (शुक्रबार) बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी र प्रदेश नं १ का हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन।
अहिले बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबार दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, राति देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न
नर्सलाई कम्तिमा पनि न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
गण्डकीका डिआइजी दुर्गा सिंहसहित नेपाल प्रहरीका १० डिआइजी सरुवा
सुदूरपश्चिमका अर्थमन्त्री थापाले गरे ६५ वर्षको उमेरमा बिहे
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो