सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबाहक बस आज बिहान ११ बजेतिर कपुरकोटको खारखोलामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा १० जना महिला र २ जना पुरुष रहेका छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका २ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५ की ईन्द्रा अधिकारी, बबई गाउँपालिका ६की वर्ष ६० की कलादेवी बुढाथोकी, वर्ष ६५ की गैलीदेवी रेउले, शान्तिनगर गाउँपालिका ८ की ३५ की साबित्रा केसी छन् ।
यस्तै शारदा नगरपालिका १२ की ५३ की प्रभा चलाउने, वडा नं २ की ६५ की मीना डाँगी, ३ की ६६ की लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ की २४ की मीना शाही, घोराही उमनपा १० की वर्ष ३६ की रुपा केसी, त्रिवेणी गाउँपालिका ४ की बालिका सरिता बोहरा, शान्तिनगर गाउँपालिका ६ दाङका सुरज ओली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले गम्भिर घाइते भएका १८ मध्ये ८ जनालाई हेलिकप्टरबाट र १० जनालाई गाडीबाट उपचारका लागि नेपालगन्ज लगिएको बताए । उनका अनुसार सामान्य घाइते भएका १० को जिल्ला अस्पताल र निजी अस्पतालमा उपचार भइरहेको छ ।
खलंगाबाट तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रु चढाइएका कारण दुर्घटना भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार बस सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो । बसमा ४० भन्दा बढी यात्रु सवार थिए । बस चालक भने फरार छन् ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो