व्यवसायको लागि सहज वातावरण बनाइदिन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

व्यवसायको लागि सहज वातावरण बनाइदिन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

Balkrishna-khan-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाइदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज हुने काम गरिदिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रूपमा समस्याहरू देखा परेको र ति समस्यालाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए ।

मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताए ।

उनले मैथिली भाषाको संरक्षण र सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ