पोखरा । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन कास्कीको संयोजकमा गणेश (ढाकामोहन) बराल चयन भएका छन् । बिहीबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको सहसंयोजकमा वीरेन्द्र सापकोटा र जैनव खातुन चयन भएका छन् । सचिवमा भीमबहादुर थापा, सहसचिवमा बालकुमारी पौडेल (तारा) र कोषाध्यक्षमा रोहित बस्नेत चयन भएका छन् । समितिको सदस्यहरुमा उमा विक, रोशन अधिकारी, कपिल पौडेल, समिक्षा केसी र खालिदा बेगम चयन भएका छन् ।
यसअघि भेलाको उद्घाटन नेकपा (एकीकृत समाजवादी) कास्कीका अध्यक्ष धनराज आचार्यले गरेका थिए । उद्घाटनका क्रममा बोल्दै उनले समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारले जहिलेपनि सत्यको पक्षमा कलम चलाउनुपर्ने बताए । राजनीतिक विकृति, भ्रष्टाचार र कुशासनको विरुद्ध निस्पक्ष भएर कलम चालाउन उनले समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारलाई आग्रह गरे ।
उनले नेकपा (एकीकृत समाजवादी) पार्टी र यसका नेताहरुले गलतबाटो अंगालेमा यस विरुद्ध सबैभन्दा पहिला समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारले नै कलम चलाउनुपर्ने उल्लेख गरे । ‘तपाईहरु राजनीतिक विकृति, भ्रष्टाचार र कुशासनको विरुद्ध कलम चलाउनुहोस्,’ उनले भने, ‘यदि हाम्रो पार्टी र नेताहरु पनि गलत बाटो तर्फ गयौं भने, गलत काम ग¥यौं भने खबरदारी गर्नुहोस् । नराम्रो काम गरे तपाईहरुले नै पहिला हामी विरुद्ध लेख्न सुरु गर्नुहोस् । राम्रा कुराको उजागर गर्नुस्’ – उनले भने ।
समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य नवराज सुवेदीले समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारहरु सबैमा उदाहरणीय बन्नुपर्ने बताए । जनपक्षीय पत्रकारितामा जोडदिँदै उनले समाजवादी प्रेससंगठनमा लागेका पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर काम गर्नुपर्नेमा जोड दिए । बनिबनाउ घरमा जोखिम भएपछि नयाँ बनाउँदा केही अप्ठ्यारा आउन सक्ने भन्दै उनले अन्य संगठनको भन्दा समाजवादी प्रेस संगठनको भविश्य उज्जल रहेको धारणा राखे ।
नेकपा (एकीकृत समाजवादी) कास्कीका उपसचिव एवं प्रचार प्रमुख पूर्ण लामाले आफ्नो पार्टी सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए ।
गण्डकी प्रदेश समितिका इन्चार्ज श्रीराम सिग्देलले संगठन निर्माण र यसका उद्देश्यका बारेमा जानकारी दिएका थिए । उनले समाजवादी प्रेस संगठनमा समग्र गण्डकी प्रदेशभरमै आकर्षण देखिएको भन्दै प्रदेशका सबै जिल्लामा क्रमस कार्यसमिति निर्माण गरिने बताए।
नवनिर्वाचित संयोजक गणेश बरालले समाजवादी प्रेस संगठनमा क्रियासिल पत्रकारको आकर्षण रहेको भन्दै पत्रकारको क्षेमता विस्तार गर्ने र पहिलो संगठनको रुपमा कास्कीमा संगठनलाई स्थापित गर्ने अठोट व्यक्त गरे ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो