स्याङ्जामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, एक घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, एक घाइते

tactor

राम बहादुर रोकाहा, स्याङ्जा । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते छन् । आँधीखोला गाउँपालिकाको वडा नं। ५, एकराय स्थित भित्री सडकखण्डमा रङ्गेठाँटीबाट गएको ग१त ६४४० नम्बरको खाली ट्याक्टर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा तनहुँ जिल्ला भानु नगरपलिका ५ का ३८ वर्षीय चालक सन्तोष गुरुङ रहेका छन् । ट्याक्टरको बायाँ साइडको ठूलो टायरले च्याप्दा घटनास्थल मै उनको निधन भएको हो । तनहुँ भानु नगरपालिका ५ का ३४ वर्षीय सहचालक रेशम गुरुङको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

घाइते भएका सहचालकको जिल्ला अस्पताल स्याङ्जामा प्राथमिक उपचार गरी पोखराको मणिपाल अस्पतालमा थप उपचारका लागि पठाइएकोमा अहिले स्वास्थ्यमा सुधार आएको डिएसपी अधिकारीले बताए । आइतबार राति अन्दाजी साढे दश बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ