तनहुँको म्याग्देबाट कौडा खेलिरहेका ११ जना नगदसहित पक्राउ

तनहुँको म्याग्देबाट कौडा खेलिरहेका ११ जना नगदसहित पक्राउ

kauda

सांकेतिक तस्बिर

तनहुँ।  मंगलबार कौडा खेलिरहेका ११ जनालाई तनहुँ प्रहरीले सहित पक्राउ गरेको छ।

जिल्लाको म्याग्दे गाउँपालिका वडा नं -४ फलाम्दीस्थित एक घरबाट ११ जनालाई नगदसहित पक्राउ गरेको प्रदेश प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार उक्त घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गरेको कारवाहीमा ११ जनालाई १६ थान कौडासहित पक्राउ गरेको हो।

प्रहरीले उनिहरुको साथबाट पैचालिस हजार तिन सय बिस रुपैयाँ समेत वरामद गरेको छ।  पक्राउ परेका उनीहरूविरुद्ध अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ