बागलुङ । गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले जनप्रतीनिधी जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । ताराखोला गाउँपालिका वडा नं ३ हिल घुस्मेलीमा त्रिशुली युवा क्लवले आयोजना गरेको परम्परगत एवं ऐतिहाँसिक हरिबोधनी एकादशी मेलालाई सम्बोधन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन्।
जिल्लाको दुर्गम गाउँमा रहेर पनि क्लवले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंशा मन्त्री बुढाले गाउँमा भएका प्राकृतिक स्रोत, कृषि, वन पैदावार सञ्चालमा ल्याएर उत्पादनमा जोडिन आम नागरिकलाई आग्रह समेत गरे । उनले गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अवधारणा अनुसार ताराखोला गाउँपालिकामा सबै घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य राखेको उल्लेख गरे ।
मेलाको अवसरमा बोल्दै गण्डकी प्रदेश सरकारका सांसद दिलमाया रोका दिपाले युवाहरु समाज परिवर्तनका संवाहक भएकोले युवाहरुले समाज रुपान्तणमा सकरात्मक र रचनात्मक भुमिका खेल्नुपर्ने बताईन् । संस्थाले गाउँपालिका भित्र गरेका सामाजिक गतिविधीले आफु हर्षित रहेको उल्लेख गर्दै सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगमा आफु प्रतिवद्व रहेको उनको भनाई छ । त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले युवाहरु विकास निर्माणका काममा अग्रसर भए समाजले छोटो समयमा नै काँचुली फेर्ने बताए ।

मेलाको अवसरमा आयोजना गरिएको खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा नगद रु ६५ हजार ट्रफी र मेडल हात पार्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले उपाधी उचालेको छ । प्रतियोगितामा गलकोट नगरपालिका वडा नं २ नरेठाँटी द्धितिय भएको छ । मेलामा सामुहिक लोक नृत्य लगायतका विविध कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष जीवन बस्नेतले जानकारी दिए ।
हरिवोधनी एकादशीको अवसरमा स्थानिय त्रिशुली नदिमा बाजा, भजन सहित ३ सय ६५ हात लामो तोरण तारिएको छ । मेला अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु चिज गुरुङ, दिप्लभ खाती, वसन्ती थापा मगर, टेकेन्द्र बोहोरा, शर्मिला विसी लगायतका कलाकारले सांगितिक प्रस्तुती रहेको संस्थाका सदस्य सविता खत्रीले बताईन् । घुम्टे हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ सामाजिक संस्था त्रिशुली युवा क्लवले हरिबोधनी एकादशी मेलाको अवसरमा कात्तिक २६ गतेदेखि मेला प्रारम्भ गरेको थियो ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो