ताराखोलामा परम्परागत हरिबोधनी एकादशी मेला

ताराखोलामा परम्परागत हरिबोधनी एकादशी मेला

FB_IMG_1637046715550

बागलुङ । गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले जनप्रतीनिधी जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । ताराखोला गाउँपालिका वडा नं ३ हिल घुस्मेलीमा त्रिशुली युवा क्लवले आयोजना गरेको परम्परगत एवं ऐतिहाँसिक हरिबोधनी एकादशी मेलालाई सम्बोधन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन्।

जिल्लाको दुर्गम गाउँमा रहेर पनि क्लवले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंशा मन्त्री बुढाले गाउँमा भएका प्राकृतिक स्रोत, कृषि, वन पैदावार सञ्चालमा ल्याएर उत्पादनमा जोडिन आम नागरिकलाई आग्रह समेत गरे । उनले गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अवधारणा अनुसार ताराखोला गाउँपालिकामा सबै घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य राखेको उल्लेख गरे ।

मेलाको अवसरमा बोल्दै गण्डकी प्रदेश सरकारका सांसद दिलमाया रोका दिपाले युवाहरु समाज परिवर्तनका संवाहक भएकोले युवाहरुले समाज रुपान्तणमा सकरात्मक र रचनात्मक भुमिका खेल्नुपर्ने बताईन् । संस्थाले गाउँपालिका भित्र गरेका सामाजिक गतिविधीले आफु हर्षित रहेको उल्लेख गर्दै सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगमा आफु प्रतिवद्व रहेको उनको भनाई छ । त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले युवाहरु विकास निर्माणका काममा अग्रसर भए समाजले छोटो समयमा नै काँचुली फेर्ने बताए ।

मेलाको अवसरमा आयोजना गरिएको खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा नगद रु ६५ हजार ट्रफी र मेडल हात पार्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले उपाधी उचालेको छ । प्रतियोगितामा गलकोट नगरपालिका वडा नं २ नरेठाँटी द्धितिय भएको छ । मेलामा सामुहिक लोक नृत्य लगायतका विविध कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष जीवन बस्नेतले जानकारी दिए ।

हरिवोधनी एकादशीको अवसरमा स्थानिय त्रिशुली नदिमा बाजा, भजन सहित ३ सय ६५ हात लामो तोरण तारिएको छ । मेला अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु चिज गुरुङ, दिप्लभ खाती, वसन्ती थापा मगर, टेकेन्द्र बोहोरा, शर्मिला विसी लगायतका कलाकारले सांगितिक प्रस्तुती रहेको संस्थाका सदस्य सविता खत्रीले बताईन् । घुम्टे हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ सामाजिक संस्था त्रिशुली युवा क्लवले हरिबोधनी एकादशी मेलाको अवसरमा कात्तिक २६ गतेदेखि मेला प्रारम्भ गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ