पोखरा । नयाँ सवारी साधन खरिद गर्नेहरुले अब अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ ।
सरकारले आजदेखि नयाँ सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने नियम लागू गरेको हो ।
आजदेखि दर्ता हुने सबै प्रकारका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न प्रक्रिया सुरु गरिएको हो ।
यातायात व्यवस्था विभागका अनुसार सवारी धनीले आवेदन दिइसकेपछि विभागले प्रमाणीकरण गरी विभागको सिस्टमबाट इम्बोस्ड नम्बरप्लेट जारी गर्नेछ ।
त्यसपछि सवारीधनीले कोड पाउँछन् । उक्त कोर्ड लिएर यातायात व्यवस्था कार्यालय गएपछि उनीहरूले इम्बोस्ड नम्बरप्लेट प्राप्त गर्नेछन् । विभागले दिएको इम्बोस्ड नम्बरप्लेट अनिवार्य रूपमा सवारीधनी आफैँले जडान गर्नुपर्नेछ । इम्बोस्ड नम्बरप्लेटमा सवारी धनी र सवारी साधनको सम्पूर्ण विवरण रहने छ भने विद्युतीय चिप्स पनि रहने छ ।
सरकारले इम्बोस्ड प्लेट जोड्न दुईपांग्रेको हकमा २५ सय, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान र ट्याक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ । ठूला सवारीले इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।
गण्डकी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा आजदेखि इम्बोस्ड नम्बरप्लेटको प्रक्रिया सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशको नाम लामो भएकाले उक्त प्रदेशमा यो नियम लागु हुन समय लाग्नेछ । यस्तै प्रदेश १ र २ को नाम भने टुंगिन बाँकी भएकाले त्यहाँ अहिले नै इम्बोस्ड प्लेट अनिवार्य नहुने भएको छ ।
नामाकरण भइसकेका प्रदेशहरुमा १ फागुन २०७८ देखि सवारी नामसारी गर्दा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्नेछ । त्यस्तै १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्दा पनि जोड्नुपर्नेछ । कसैले तोकिएको समयअघि नै जोड्न चाहे त्यस्तो सुविधा पनि पाइने बताइएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर