पोखरा । आज नोभेम्बर १९ । विश्व शौचालय दिवस । ‘शौचालयको उपयोगिता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो ।
विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । तर संयुक्त राष्ट्र संघका विभिन्न प्रकाशनमा जनाइए अनुसार अझै पनि ६७ करोड ३० लाख मानिसहरु खुला दिसापिसाब गर्ने उल्लेख छ ।
नेपालमा पनि ५ प्रतिशत नागरिक अझै शौचालयको पहुँचमा पुग्न सकेका छैनन् । सरकारले २०७६ साल असोज १३ गते नै नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरे पनि अझै पनि ५ प्रतिशत नागरिक शौचालयको पहुँच भन्दा बाहिर रहेका हुन् ।
बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्दै आएका छन् ।
सुरक्षित शौचालय नहुँदा झाडापखाला, हैजा जस्ता सरुवा रोगको जोखिम हुन्छ । शौचालयको राम्रो व्यवस्थापन र उपयोग गर्न सकेमा यस्ता सङ्क्रामक रोगबाट जोगिन सकिन्छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो