पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाको आठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
गण्डकी प्रदेशकै अग्रणी अनलाइन गण्डकन्यूज डटकमका सम्पादक रञ्जन अधिकारी सचिवमा चुनिएका छन् । कमल सुवेदी, गौरव त्रिपाठी र प्रभु अधिकारीले पनि सचिवमा आकांक्षा व्यक्त गरेकामा अन्तिममा अधिकारीलाई नै सबैले सर्वसम्मत सचिवमा चयन गरेका हुन् ।
अर्जुन गिरी सर्वसम्मत अध्यक्ष भएका छन् । शुक्रबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोतीसागर अधिकारी, उपाध्यक्ष (महिला) मा बालकुमारी पौडेल (तारा), सह-सचिवमा ईश्वर देवकोटा, सह-सचिव (महिला) मा उमा आलेमगर र कोषाध्यक्षमा जीवन सुवेदी चयन भएका छन् ।

३० सदस्यीय कमिटिको २३ जना सदस्यहरुमा पुनम थापामगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, विनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशीष पुरी, दीपा पौडेल, अर्जुन थापा (मगर), सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढामगर, रेजिना कटवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सबिन रेग्मी, रिजन ढुंगाना (दर्शन), दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहरा छन् ।

यसअघि, अधिवेशनको उद्घाटन नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले गरेका थिए । उद्घाटन समारोहमा पूर्व मुख्यमन्त्री गुरुङसँगै नेकपा एमाले गण्डकी प्रदेश संयोजक किरण गुरुङ, सचिव जगत विश्वकर्मा, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, जिल्ला कमिटि कास्की उपाध्यक्ष मनबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रेस चौतारी कास्कीमा २२८ जना साधारण सदस्यहरु छन् । यसै वर्ष ५६ जना थपिएका छन् । प्रेस चौतारी नेपालको देशभरकै शाखामध्येमा कास्कीबाट नयाँ कमिटि चयन प्रक्रिया सुरु भएको छ ।

केन्द्रीय अध्यक्ष बस्नेतले सर्वसम्मत कमिटि चुनेर कास्कीले उदाहारण प्रस्तुत गर्दै मार्गनिर्देश गरेको बताए । अब देशैभर सर्वसम्मत नेतृत्व चयन गर्न कास्कीले सन्देश दिएको भन्दै उनले खुशी व्यक्त गरे ।

तस्वीरः प्रेम/परिचय








सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु