पोखरा । देशभरको मौसम आज (शनिबार) बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपातको समेत सम्भावान रहेको छ ।
हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।
अहिले बिहान प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली भई बाँकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ।
शनिबार दिउँसो देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।
यस्तै, राती देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावान रहेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो