पोखरा । पोखरा महानगरपालिका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायीक महिला क्लबले पर्वतमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
पर्वतको ढोरपाटन नगरपालिका वडा नम्वर १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरेको शिविर आँखाको परिक्षण पछि समस्या देखिएकाहरुको अप्रेशन समेत गरिएको थियो ।
क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सँगै बाडेन बाडेनको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीनदिने शिविर सम्पन्न गरेको हो । शिविर संचालनको लागि स्थानिय रुपमा ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्वर अफ कर्मश र बुर्तिबाङ राईजिङ युथ क्लबले सहयोग गरेका थिए ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा आयोजित शिविरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सँगै स्थानिय बासिन्दा सँगै वरिपरिका क्षेत्रबाट आएका मानिसहरुको सहभागिता रहेको क्लबकी उपाध्यक्ष एंव निः शुल्क आँखा शिविर कार्यक्रमकी संयोजक धनेश्वरी पराजुलीले जानकारी दिईन्। शिविरमा आठ सय ९२ जनाको आँखा परिक्षण सँगै आवश्यक औषधी वितरण गरिएको थियो ।
आँखा जाँच गरेकाहरुमध्ये ७७ जनाको आँखामा समस्या देखिएपछि उनिहरुको अप्रेशन गरिएको संयोजक पराजुलीले जानकारी दिईन् । ७७ जनामध्ये सात जनाको दुबै आँखाको अप्रेशन गरिएको थियो । विगत केही समयदेखि आँखाका कारण समस्यामा परेकाहरु शिविरमा उपचार पछि आँखा देख्न सफल भएका थिए ।
यसअघि कार्यक्रमको उद्घाटन ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालीले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरि गरेका थिए ।
कार्यक्रममा क्लबकी उपाध्यक्ष एंव कार्यक्रम संयोजक पराजुली, सचिब इन्दु भट्टराई र सदस्य रजनी श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
क्लवले यस अघि पर्वतको मोदि गाँउपालिका ७ राम्जाठाटी स्थित पशुपति माध्यमिक विद्यालयमा, पोखरा महानगरपालिका १५ स्थित परोपकार गुरुकुल आश्रममा, पर्वतको मोदि गाउँपालिका वडा नम्वर १ सेराबेशि लगायतका स्थानमा निः शुल्क आँखा शिविर संचालन गरिसकेको छ ।
यसै गरि हिमालय आँखा अस्पताल पोखरालाई करिव आठ लाख मुल्य बरावरको आँखा जाँच्ने मेसिन सहयोग गरेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह