तनहुँ र स्याङ्जासहित २२ एसपीको सरुवा, को कहाँ ?

तनहुँ र स्याङ्जासहित २२ एसपीको सरुवा, को कहाँ ?

Syangja Police

तनहुँ र स्याङ्जा जिल्लाका प्रहरी प्रमुखसहित नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक ९एसपी०को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यी सँगै केही जिल्लाका प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एक प्रहरी उपरीक्षकको पनि सरुवा भएको छ ।

प्रदेश प्रहरी कार्यालय, पोखराका एसपी राजीव बाबु बस्नेतको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जा प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीको कानून शाखा नक्सालमा तथा तनहुँका प्रहरी प्रमुख एसपी दिनेशराज रेग्मीको महानगरीय प्रहरी परिसर काठमाण्डौमा सरुवा भएका छन् । ।

तनहुँमा सुदूरपश्चिम शसस्त्र प्रहरी गण मुख्यालयका एसपी राजेन्द्रबाबु रेग्मी आउने भएका छन् प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार अनुराग कुमार द्विवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट सुप सशस्त्र प्रहरी गण मुख्यालय सरुवा भएका छन् ।

त्यस्तै, अविनारायण काफ्ले अख्तियार केन्द्रीय कार्यालय टंगालबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भएका छन् । दिनेशराज मैनाली महानगरीय प्रहरी परिसर काठमाडौं, कृष्ण प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाही, बसन्त रौजरे जिल्ला प्रहरी कार्यालय धनुषा, रामप्रकाश शाहलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा गरिएको छ ।

सोमेन्द्रसिंह राठोर यूएन जगेडा, रमेशकुमार बस्नेत पर्सा, राकेश सिंह जिल्ला प्रहरी कार्यालय धनुषा र सुरेन्द्रबहादुर गुरुङ्ग मकवानपुर सरुवा भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds