तनहुँ र स्याङ्जा जिल्लाका प्रहरी प्रमुखसहित नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक ९एसपी०को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यी सँगै केही जिल्लाका प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एक प्रहरी उपरीक्षकको पनि सरुवा भएको छ ।
प्रदेश प्रहरी कार्यालय, पोखराका एसपी राजीव बाबु बस्नेतको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जा प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीको कानून शाखा नक्सालमा तथा तनहुँका प्रहरी प्रमुख एसपी दिनेशराज रेग्मीको महानगरीय प्रहरी परिसर काठमाण्डौमा सरुवा भएका छन् । ।
तनहुँमा सुदूरपश्चिम शसस्त्र प्रहरी गण मुख्यालयका एसपी राजेन्द्रबाबु रेग्मी आउने भएका छन् प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार अनुराग कुमार द्विवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट सुप सशस्त्र प्रहरी गण मुख्यालय सरुवा भएका छन् ।
त्यस्तै, अविनारायण काफ्ले अख्तियार केन्द्रीय कार्यालय टंगालबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भएका छन् । दिनेशराज मैनाली महानगरीय प्रहरी परिसर काठमाडौं, कृष्ण प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाही, बसन्त रौजरे जिल्ला प्रहरी कार्यालय धनुषा, रामप्रकाश शाहलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा गरिएको छ ।
सोमेन्द्रसिंह राठोर यूएन जगेडा, रमेशकुमार बस्नेत पर्सा, राकेश सिंह जिल्ला प्रहरी कार्यालय धनुषा र सुरेन्द्रबहादुर गुरुङ्ग मकवानपुर सरुवा भएका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु