नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनका लागि विश्वशंकर पालिखेले कास्की जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । पालिखेले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । ५ दशकदेखि आफू नेपाली कांग्रेसमा आवद्ध रहेको बताउदै उनले अब भने व्यवसायिकबाट सक्रिय राजनीतिक यात्रा शुरु गरेको बताए ।
पद कहिले पनि सानो वा ठूलो नहुने भन्दै पालिखेले जिम्मेवारीबोध नै सबैभन्दा बढी महत्वपूर्ण भएको बताए । पार्टीको नीति नियमलाइ आत्मसाथ गर्दै कांग्रसलाई अझै सुदृढ र बलियो बनाउदै लैजानु आफ्नो दायित्व रहेको उनले बताए ।
प्रजातन्त्र स्थापनाका लागि पालिखे परिवारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्र्दै उनले आफ्ना बुबा स्व.दयाशंकर पालिखे जिवन पर्यन्त पार्टीमा आवद्ध भएपनि कहिल्यै पदमोह नभएको स्मरण पनि गरे । कांग्रेसको यही मंसिर १० गते जिल्ला अधिवेशन हुँदैछ । २०२९ सालमा पृथ्वीनारायण क्यामपसबाट नेपाल विद्यार्थी संंघको सदस्यता लिएर पालिखेले राजनीतिक यात्राको थालनी गरेका थिए । त्यस्तै उनले २०४६ सालको जनआन्दोलनमा कास्की कांग्रेसको तर्फबाट सक्रिय भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै २०५७ देखि २०६० साल सम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा नेपाल पर्यटन वोर्डमा कार्यकारी वोर्ड सदस्य भएर पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेलेका थिए । पालिखेसंग नेपाल ट्रायथोलन संघको संस्थापक अध्यक्ष, नेपाल चीन जनमैत्री संघ पोखराको अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखराको अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष लगायत अन्य संघ संस्थाहरुको महत्वपूर्ण पदमा रहेर काम गरेको अनुभव रहेको छ । पालिखे रेडियो अन्नपूर्णको संस्थापक अध्यक्ष समेत हुन् ।
पालिखेले खेल मार्फत पर्यटन पवद्र्धन गर्न सकिन्छ भन्ने अवधारणा सहित सहित २०५० सालमा साहसिक खेल ट्रायथोलन संघको स्थापना गरेक थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पालिखेको महत्वपूर्ण भूमिका रहेको छ । त्यस्तै जाउँ है पोखरा, पोखरा भ्रमण बर्ष २००७, उज्यालो पोखरा, पानीको मुहान शुद्धिकरण र नेपाल भेन्टिलेटर सोसाइटी कास्कीको संयोजक समेत भएर काम गरिसकेका पालिखेको सामाजिक कार्यमा महत्वपूर्ण योगदान रहेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु