Gandak News
Our News Your Views
Promote your business here Gandaknews

एमाले अध्यक्ष ओली चितवनमा

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् ।

पार्टीको १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओली आज बिहीबार दिउँसो चितवन पुगेका हुन् ।

महाधिवेशनमा सहभागी हुन अधिकांश नेता कार्यकर्ता चितवन पुगिसकेका छन्। भीम रावललगायत अन्य नेताहरू आजै चितवन पुग्ने भएका छन्।

यसअघि केही शीर्ष नेताहरु हिजो नै चितवन पुगिसकेका छन्। चितवन पुगेपछि ओली महाधिवेशनस्थल निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन भोलि (शुक्रबार) देखि चितवनमा हुँदैछ।

नारायणी किनारमा उद्घाटन र त्यसपछि सौराहमा बन्द सत्र तथा मतदानका कार्यक्रम हुनेछन्।

नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम बढेसँगै चहलपहल देखिएको छ। महाधिवेशन मंसिर १२ गतेसम्म चल्नेछ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस