गोलाप्रथामार्फत पेसी तोक्ने सर्वोच्च फुलकोर्टको निर्णय

गोलाप्रथामार्फत पेसी तोक्ने सर्वोच्च फुलकोर्टको निर्णय

Supreme_Court_sarbochcha_adalat_sarbocha1

काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो । बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो ।

इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरू सम्मिलित बैठकले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानन्यायाधीश जबरा भने सहभागी थिएनन् ।

१८ जना न्यायाधीशले हस्ताक्षर गरेर प्रधानन्यायाधीशलाई निर्णय पठाएका छन् । सर्वोच्चको पूर्ण बैठकले औपचारिक निर्णय गरी मुख्य रजिष्ट्रारमार्फत कानुन मन्त्रालयमा पठाएर राजपत्रमा प्रकाशित भएपछि यो कार्यविधि लागू हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ