एमाले महाधिवेशनः राजिव पहारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

एमाले महाधिवेशनः राजिव पहारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

rajib p

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु हुँदैछ । पार्टी पदाधिकारीमा गण्डकी प्रदेशबाट ४ आकांक्षी छन् । यससँगै दर्जनौं नेताहरुले केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका छन् ।

गण्डकी प्रदेश सांसद तथा युवा नेता राजिव पहारीले पनि केन्द्रीय सदस्यमा दाबी पेश गरेका छन् । कास्की क्षेत्र नं. ३ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्य जितेका पहारी युवा संघ नेपालका पूर्व अध्यक्ष हुन् ।

१३ वर्षको सानै उमेरमा राजनीतिमा प्रवेश गरेका पहारी २०४६ सालको पञ्चायती विरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागी थिए । २०५२ सालमा १७ वर्षको कलिलो उमेरमा अनेरास्ववियु कास्कीको अध्यक्ष पनि बने ।

पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति समेत बनेका पहारीले नेकपा एमाले क्षेत्र नं. ३ को अध्यक्ष भएर समेत कार्यकाल सफल रुपमा पूरा गरे । उनले कास्की जिल्ला कमिटि सचिवालय, गण्डकी प्रदेश कमिटि सचिवालयमा पनि काम गरिसकेका छन् ।

एमालेको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुने व्यवस्था छ । १५ पदाधिकारीका लागि झण्डै दोब्बरको संख्यामा उम्मेदवार हुने देखिएको छ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा चितवनमा मसिर १० देखि १२ गते हुँदै छ । महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले केन्द्रीय सदस्यबाट ४५ सदस्यीय स्थायी कमिटी बनाउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ