नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु हुँदैछ । पार्टी पदाधिकारीमा गण्डकी प्रदेशबाट ४ आकांक्षी छन् । यससँगै दर्जनौं नेताहरुले केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका छन् ।
गण्डकी प्रदेश सांसद तथा युवा नेता राजिव पहारीले पनि केन्द्रीय सदस्यमा दाबी पेश गरेका छन् । कास्की क्षेत्र नं. ३ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्य जितेका पहारी युवा संघ नेपालका पूर्व अध्यक्ष हुन् ।
१३ वर्षको सानै उमेरमा राजनीतिमा प्रवेश गरेका पहारी २०४६ सालको पञ्चायती विरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागी थिए । २०५२ सालमा १७ वर्षको कलिलो उमेरमा अनेरास्ववियु कास्कीको अध्यक्ष पनि बने ।
पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति समेत बनेका पहारीले नेकपा एमाले क्षेत्र नं. ३ को अध्यक्ष भएर समेत कार्यकाल सफल रुपमा पूरा गरे । उनले कास्की जिल्ला कमिटि सचिवालय, गण्डकी प्रदेश कमिटि सचिवालयमा पनि काम गरिसकेका छन् ।
एमालेको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुने व्यवस्था छ । १५ पदाधिकारीका लागि झण्डै दोब्बरको संख्यामा उम्मेदवार हुने देखिएको छ ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा चितवनमा मसिर १० देखि १२ गते हुँदै छ । महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले केन्द्रीय सदस्यबाट ४५ सदस्यीय स्थायी कमिटी बनाउँछ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु