पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको छ । पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएलले शनिबार तनहुँको दमौलीमा निशुल्क स्वास्थ्य शिविर आयोजना ग-यो।
शिविरमा ३ सय ७ जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. नरेश पराजुलीले मधुमेह र टिजी हुनुका कारण र यी समस्या भएपछि अपनाउनुपर्ने सावधानी र परिवर्तन गर्नुपर्ने जीवनशैलीबारे प्रकाश पारे ।
हाल शिक्षण अस्पताल काठमाडौंमा कार्यरत डा पराजुलीले अहिले विश्वमा १० जनामध्ये १ जनामा मधुमेह देखिएको तथ्यांक प्रस्तुत गर्दै जीवनशैली परिवर्तन गर्दै स्वस्थ जीवन बाच्न र बेला बेलामा चेकचाँज गराउन सल्लाह दिए । मधुमेहले अनेक समस्या निम्त्यिाउने उल्लेख गर्दै डा पराजुलीले भने, ‘लक्षण देखिँदासम्म रोग जटिल भइसकेको हुन्छ । मधुमेहमा लापरवाही भए आँखा, मिर्गाैला र मुटु यसले बिगार्न सक्छ ।’
शरीरको तौल आवश्यकताभन्दा धेरै हुन नदिन, नियमित व्यायम गर्न र स्वस्थ्य जीवनशैली अपनाउन उनले अनुरोध गरे ।
जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेले अत्याधुनिक सेवासँगै बेला बेलामा निशुल्क शिविर आयोजना गरी युआरएलले सामाजिक दायित्व निर्वाह गरेको बताए । उनले राज्य र निजी क्षेत्र दुवै मिलेरमात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिने उल्लेख गरे ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले आफूहरुले यो क्षेत्रमा सामाजिक उत्तरदायित्व र सेवाको नेतृत्व गरिरहेको बताए । उनले अहिलेसम्म विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले १ सय ५ शिविर गरिसकेको जानकारी दिए ।
युआरएलको वार्षिकोत्सव मंसिर २३ गते हुँदैछ । सोही समारोहमा युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोलालाई सम्मान गर्ने कार्यक्रम छ । यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’