नवलपुरको विनय त्रिवेणीमा बाघले खाएको अवस्थामा पुरुषको शव फेला

नवलपुरको विनय त्रिवेणीमा बाघले खाएको अवस्थामा पुरुषको शव फेला

tiger

नवलपुर।  बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।

जिल्लाको विनय त्रिवेणी गाउँपालिका वडा नं -१ घुम्टी बस्ने अन्दाजी ६३ वर्षीय जित बहादुर विकको बाघको आक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार मृतक वि. क शनिबार दिउँसो अन्दाजी २ बजेको समयमा घरबाट निस्किएकोमा साँझसम्म पनि घर नफर्किएपछि स्थानीय र प्रहरीको सहयोगमा खोजतलास गर्दै जाँदा आइतबार सोही स्थानको विनयी सामुदायिक बनमा बाघले शरीरको केही भाग खाएको अवस्थामा उनको शव फेला परेको हो।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds