पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको छ ।
मुख्यमन्त्री पोखरेलले मुलुकको हितमा नेपाली सेनाले निभाउँदै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । कतिपय मुलुकमा सेनाको हस्तक्षेप र महत्वाकांक्षाका कारण राजनीति अस्थिरता र उथलपुथल भए पनि नेपालमा सुरुदेखि नै नेपाली सेनाले संयमित भएर परिवर्तनलाई स्वीकार्दै कर्तव्य निभएको भनाइ राखे ।
कोरोनाकाल, प्राकृतिक विपत्तीका बेला नेपाली सेना जहिल्यै पनि अग्रपंक्तिमा खटिएको भन्दै उनले सिमित स्रोत र साधनका बीच सेनाले नागरिकको सेवामा खटिएको उनले स्मरण गरे ।
प्रधानसेनापति शर्माले नेपाली सेना जहिल्यै राष्ट्रहितमा लागीपरेको भन्दै विकास झ्निर्माणका साथै मुलुकलाई चाहिएको खण्डमा हरदम सेवामा तत्पर रहेको भनाइ राखे । गण्डकी प्रदेशबाट नेपाली सेनामा भर्ती हुनेको संख्या अधिक रहेको र आफ्ना पिता पुर्खासमेत कस्केली रहेको उनले मुख्यमन्त्रीसँगको भेटमा बताए । आफू जिम्मेवारीमा आएपछि सबै प्रदेशको वस्तुस्थिति बुझ्नका लागि भ्रमण थालेको उनले जानकारी गराए ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा अब पुरानो विमानस्थलको प्रयोगका बारेमा सोच्ने बेला आएको उनले बताए । पर्यटकीय केन्द्र पोखरामा साहसिक पर्यटन र आकश्मिक अवतरणका लागि उक्त स्थल खाली नै राख्नुपर्ने भन्दै उनले त्यसमा कुनै खालका संरचना नबनाउनका लागि अनुरोध गरे । विपत्तिका बेला बच्नका लागि पनि सहरमा ठूलो स्थान चाहिने भएकाले अहिलेको विमानस्थलको जमीन बचाइराख्नुपर्ने उनको सुझाव थियो । आइतबार मनाङ हुँदै पोखरा आएका उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पनि भेट गरेका थिए । उनी सोमबार मुस्ताङ जाँदैछन् ।
उक्त अवसरमा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकार र सुरक्षा निकायबबीचको सम्बन्धका बारेमा जानकारी गराए । भेटमा बिना विभागीय मन्त्री डोवाटे विक, प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, नेपाली सेना पश्चिम कमान्ड प्रमुख उपरथि बाबुराम श्रेष्ठसहित सहभागी थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’