पाेखराकाे लेखनाथमा बर्षेनी हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करणकाे मिति तय भएकाे छ । आयाेजक लेखनाथ उद्योग वाणिज्य संघले आगामी माघ १३ गतेबाट २४ गतेसम्म महाेत्सव आयाेजना गर्ने भएकाे हाे ।
संघको आईतबार बसेको बैठकले यस वर्ष आयोजना हुने महोत्सवको मिति तय गर्दै अध्यक्ष क्षत्रधर आत्रेयको अध्यक्षतामा मुल आयोजक समिति समेत गठन गरेको छ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो ।
समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पु¥याउने उद्धेश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष आत्रेयले बताए ।
विश्वभर फैलिएको कोराना महामारीको प्रभाव नेपालमा कम भइसकेको अवस्थामा महामारीका कारण प्रभावित स्थानीय व्यवसायीहरुको पुनरुत्थानमा महोत्सवले सकारात्मक भूमिका खेल्ने महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले बताए ।
संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ ।
त्यस्तै, ख्यातीप्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हाँस्य प्रहसन रहनेछ । महोत्सवमा बल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने आयाेजकले जनाएकाे छ ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु