गण्डकीका थप १९ जनामा कोरोना संक्रमण, लमजुङकी ४० वर्षीया महिलाको मृत्यु पुष्टि

गण्डकीका थप १९ जनामा कोरोना संक्रमण, लमजुङकी ४० वर्षीया महिलाको मृत्यु पुष्टि

Gandaki covid corona 3

पछिल्लो २४ घण्टामा गण्डकीका १९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १४९ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका चार जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६ जना, लमजुङका एक जना, स्याङ्गजाका एक जना र  पर्वत जिल्लाका एक जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ९०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १५ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ३२९ पुगेको छ। अहिले प्रदेशभर १६१ सक्रिय संक्रमित छन् ।

सोमबार गण्डकीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृतक लमजुङ जिल्ला बेशिसहर नगरपालिका -११ निवासी ४० वर्षीया महिला छिन्। गण्डकीमा संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १४१७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ