म्याग्दीको बेग खोलामा जीप दुर्घटना, दुई जनाको मृत्यु

म्याग्दीको बेग खोलामा जीप दुर्घटना, दुई जनाको मृत्यु

accident pic symbol

photo accident symbol

म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनामा अन्य छ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा परी खिमु पुन र खिमानन्द शर्मा नाम गरेका दुई जना यात्रुको मृत्यु भएको छ। मृतकको ठेगाना खुलिसकेको छैन।

प्रहरीले दिएको जानकारीअनुसार बेग खोलाकाे उकालो जाँदै गरेको जीप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको निरीक्षक केसीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ