अपडेट: जीप दुर्घटनामा चालक र वडा सदस्यसहित ४ जनाको निधन, घाइतेलाई पाेखरा ल्याइयाे

अपडेट: जीप दुर्घटनामा चालक र वडा सदस्यसहित ४ जनाको निधन, घाइतेलाई पाेखरा ल्याइयाे

aceident-bolero-1

म्याग्दी सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका – १ बेग जाँदै गरेको बोलेरो जीप बेगस्थित घात्पा (औल) मा दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ।

निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जीप दुर्घटना हुदाँ सवार ८ जनामध्ये चालक र महिला वडासदस्यसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेर अन्दाजी ४० बर्षिय चालक दुधबहादुर थापा, रघुगंगा १ वेगकी वडा सदस्य ३० बर्षिय गौमाया विक, ३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय खिमनाथ शर्माको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताए ।

दुर्घटनामा घाईते भएका ४ जनालाई बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको छ । रिफर हुनेमा गम्भिर घाईते २० बर्षिय भिम फगामी, २३ बर्षिय मनोज पुन, २३ बर्षिय ज्ञानबहादुर शेरपुञ्जा र ५४ बर्षिय बलबहादुर विक रहेकाे बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिएका छन् ।

मृतक र घाईते रघुगंगा गाउँपालिका १ बेगका बासिन्दा हुन् । बोेलरो जीप सडकबाट करिब दुई सय मिटर तल जंगलमा खसेको थियो । घाईतेलाई स्थानीयबासी, जनप्रतिनिधिले उद्धार गरी थप उपचारका लागि बेनी ल्याएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ