पोखरा । घरमै पालिने मौरीको घारबाट मह निकालेको प्रायले पक्कै देख्नुभएकै छ होला । अनि भीरमौरीको मह निकालेको ? यो धेरैले आँखैअघि नदेख्नुभएको हुनसक्छ ।
अक्करे भीरमा रहेका गोलाबाट मह निकालेको देख्नुभएको छैन भने अर्को हप्ता तपाइँले त्यो हेर्ने अवसर पाउनुहुनेछ । त्यसका लागि तपाइँ एक दिनकै लागि भए पनि कास्कीको लान्द्रुक जानुपर्ने हुन्छ । आउँदो मंसिर २१ देखि २३ (मंगलबारदेखि बिहीबार) कास्कीको अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुकमा ‘हनी हन्टिङ फेस्टिबल २०७८’ हुँदैछ ।
भीरमौरीको मह जेठ र मंसिर गरेर वर्षमा दुईपटक निकालिन्छ । दोस्रो सिजन मंसिरमा महोत्सव नै गरेर लान्द्रुकको मोदी खोला किनारको कोटेसाङ भीरका गोलाबाट मह निकालिँदै छ । कोभिड १९ ले पर्यटक कम हुन थालेपछि त्यहाँका स्थानीयले पर्यटक बोलाउन यो जुक्ति लगाएका हुन् ।
लान्द्रुकवासीका लागि यो सामान्य भए पनि धेरैलाई नौलो विषय हुनसक्छ । ‘हाम्रो लागि मह काढेको हेर्नु नौलो होइन । तर, धेरैलाई नौलो विषय हो । कोभिड १९ ले गाउँमा पर्यटकको चहलपहल घटेको छ । पर्यटन पनि राम्रो हुन्छ भनेर यो फेस्टिबल गर्न लागेका हौँ,’ महोत्सवका प्रचारप्रसार संयोजक कमल गुरुङले भने ।
गाउँकै अनुभवी ९ जना भिरौटेको टोलीले मह काढ्ने छ । लान्द्रुक पोखराबाट साढे दुई घन्टाको दुरीमा पर्छ । पोखराको हरिचोकबाट बिहान ९ बजेदेखि तीन बजेसम्म लान्द्रुक जाने जिप पाइन्छ । आफ्नै साधन हुनेहरु जिप कुरेर बस्नुपर्दैन । लान्द्रुकका होटलमा खानबस्न साढे १२ सय रुपैयाँ र होमस्टेमा आठ सय रुपैयाँको प्याकेज व्यवस्था छ । लान्द्रुक पुग्न र एक रात खानबस्न दुई हजार रुपैयाँ भए पुग्छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो